लगभग एक हप्तादेखि अस्पतालमा भर्ना रहेका देवताल गाउँपालिका १ का वडा अध्यक्ष अरुण सिहंले सेवा ग्राहीहरुलाई अस्पतालबाटै सेवा दिन शुरु गुर्नभएको छ । सवारी दुर्घटनामा परेर अस्पताल भर्ना भएको वडा अध्यक्ष सिहंले सेवा ग्राहीको काम अस्पतालबाट गर्न थालेका छन् ।
बिरगंज बाट कलैया जाने क्रममा मोटरसाईकल दुर्घटनामा वाडा अध्यक्ष सिंह घाईते भएका थिए । सिहंको मुखमा र मेरुदण्डमा गम्भिर चोट लागेको अस्पताल स्रोत जानकारी दिएको हो ।
कलैया स्थित ए प्लस अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचरार्थ रहेका वडा अध्यक्ष सिहंको मेरुदण्डामा लागेको चोटका कारण उहाँलाई लगभग १ महिना अस्पतालमै बस्नुपर्ने चिकित्सकले सल्लाह दिएका हुन् ।
आफु अस्पतालमा भएपछि जनताको काममा समस्या भएकाले अतिआवश्यक काम यहिबाट गर्न थालेको उहाँले एपी खबरलाई जानकारी दिनुभयो । वडा अध्यक्ष सिहंले जनताको अधिकार, स्वाभिमान र सम्मानका लागि आफु सधै अग्रसर रहने भएका कारण पनि अस्पतालबा नै जनतालाई सेवा दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस