आज:  २०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

मानव अधिकार एलाइन्सले अन्तरप्रदेश अनुभव आदानप्रदान तथा योजना निर्माण कार्यशाला गर्ने

प्रिती कुमारी, जीतपुर २०८१ माघ ९, बुधबार ( ३ घण्टा अघि) ७८ पाठक संख्या

मानवअधिकार एलाइन्सले अन्तरप्रदेश अनुभव आदानप्रदान तथा योजना निर्माण कार्यशाला गर्ने भएको छ । बुधवार बसेको एलाईन्सको बैठकले सातै प्रदेशका अध्यक्ष, पदाधिकारीहरु तथा प्रदेश इन्चार्जहरु सहित मानवअधिकार एलाइन्स अन्तरप्रदेश अनुभव आदानप्रदान तथा योजना निर्माण कार्यशाला गर्ने निर्णय गरेको छ ।

 

मानवअधिकार एलाइन्सको छैठौ राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्या काठमाडौमा बागमती प्रदेश समितिको आयोजनामा सम्पन्न हुने यस कार्यशालामा सात ओटै प्रदेश समितिहरुको सवलीकरण र संस्थागत विकाशका सम्वन्ध प्रदेश समितिहरुले गरिरहेका काम तथा अभियानहरुको थप सवलीकरण, समस्याहरुको पहिचान तथा अबका दिनमा प्रदेश समितिहरुले खेल्नुपर्ने भुमिकाका सम्वन्धमा छलफल र अन्तरक्रिया गर्ने निर्णय समेत गरीएको छ ।

 

मानवअधिकार एलाइन्स अन्तरप्रदेश अनुभव आदानप्रदान तथा योजना निर्माण कार्यशालाका निष्कर्षहरु तथा सुझावहरु मानवअधिकार एलाइन्सको छैठौ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने उद्धेश्य सहित यो कार्यशाला गर्न लागेको हो ।

 

मानव अधिकार प्रवर्धन र स्थानीय तह तथा जिल्ला शाखाहरुको सवलीकरण र संगठन निर्माणमा सहजिकरणका लागि बागमती प्रदेश कमिटीको आयोजनामा यहि माघ १५, १६ र १७ गते भर्जुअल माध्यमबाट प्रशिक्षण गर्ने निर्णय समेत गरीएको छ । प्रशिक्षणमा प्रदेश समिति, जिल्ला शाखाका पदाधिकारी तथा सदस्य र पालिका कमिटीका पदाधिकारीहरु समावेश हुने समेत निर्णय गरिएको छ ।

 

बैठकमा मानवअधिकार एलाइन्स बागमती प्रदेश समितिको केन्दिय इन्चार्ज विष्णु खत्री र नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा मानवअधिकार एलाइन्स बामगती प्रदेश तारा सञ्जेलको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस