आज:  २०८२ बैशाख २०, शनिबार | Sat, 03, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाले तोक्यो ३,५२१ सम्म कर

एपी खबर २०८२ बैशाख १०, बुधबार ( १ हप्ता अघि) ५३ पाठक संख्या

अमेरिकी वाणिज्य विभागले चार दक्षिण पूर्वी एसियाली देशहरूबाट आयात हुने सौर्य प्यानलहरूमा ३,५२१ प्रतिशतसम्मको कर लगाउने योजना घोषणा गरेको छ। यो एक वर्षअघि सुरु भएको अनुसन्धानपछि आएको निर्णय हो। त्यतिबेला धेरै प्रमुख सौर्य उपकरण उत्पादकहरूले तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनलाई अमेरिकी सञ्चालनको सुरक्षा गर्न आग्रह गरेका थिए।

 

प्रस्तावित करहरू कम्बोडिया, थाइल्यान्ड, मलेसिया र भियतनामका कम्पनीहरूलाई लक्षित गर्दै लगाइएको हो। ती देशका कम्पनीहरूले चीनबाट अनुदान दिएर सामान बनाएको र अमेरिकी बजारमा अनुचित रूपमा सस्तो उत्पादनहरूको डम्पिङ गरेको आरोपमा उक्त कर नीति लागू गराइएको जनाइएको छ।

 

अमेरिकी सरकारी निकाय, अन्तर्राष्ट्रिय व्यापार आयोगले यही जुन महिनामा नयाँ शुल्कहरूका विषयमा अन्तिम निर्णयमा पुग्ने जनाएको छ। कम्बोडियाका केही सौर्य उपकरण निर्यातकर्ताहरूले वाणिज्य विभागको अनुसन्धानमा सहयोग नगरेका कारणले गर्दा उनीहरूलाई ३,५२१ प्रतिशतको उच्चतम शुल्क लगाइएको जनाइएको छ।

 

चिनियाँ निर्माता जिन्को सोलारले मलेसियामा बनाएका उत्पादनहरूले ४१ प्रतिशतभन्दा केही बढी शुल्कको सामना गर्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस