आज:  २०८२ बैशाख २३, मंगलबार | Tue, 06, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

युक्रेनमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

एपी खबर २०८२ बैशाख १०, बुधबार ( १ हप्ता अघि) ६३ पाठक संख्या

युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको गभर्नरले बताएका छन्।

 

‘दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो’, गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखे, ‘घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।’ उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिए।

 

युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् । किएभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ । रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ ।

 

तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस