काठमाडौँ : सार्वजनिक विद्यालयको व्यवस्थापन समितिको नेतृत्व अभिभावकमध्येबाट चयन हुने भएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संसदमा दर्ता गरेको विधेयकमा व्यवस्थापन समितिको नेतृत्व अभिभावकमध्येबाट हुने व्यवस्था ल्याएको हो ।
सार्वजनिक विद्यालयमा अभिभावकले आफूमध्येबाट छानेको व्यक्तिको संयोजकत्वमा सम्बन्धित स्थानीय तहमा स्थायी रूपमा बसोबास गरेको बुद्धिजीवी, शिक्षाप्रेमी तथा समाजसेवीमध्येबाट कम्तीमा दुई जना महिलासमेत रहने गरी समावेशी सिद्धान्तका आधारमा एक विद्यालय व्यवस्थापन समिति रहनेछ,’ विधेयकमा भनिएको छ ।विद्यालय सञ्चालन गर्ने कम्पनीको प्रबन्धपत्र तथा नियमावली वा शैक्षिक गुठीको भने विधानमा व्यवस्था भए बमोजिम हुने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस