आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि

एपी खबर २०८० चैत्र १४, बुधबार ( ८ महिना अघि) १८५ पाठक संख्या

काठमाडौं– काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ । मौसमी फ्लु भनी अनुमान गरिएका उनीहरू उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगे थिए । तर परीक्षण गर्दा उनीहरूमा कोभिड पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म ८ जनामा कोभिड -१९ पुष्टि भएको छ ।

 

पुष्टि भएका सबैलाई अस्पतालको आइसीयु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ । जसमध्ये दुईजना डिस्चार्ज भएका छन् । संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए ।यस्तै त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ । सोमबार परीक्षण गरिएका ९ वटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस