काठमाडौं। केहि समयअघि मात्र फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि अडियो लाइभ फिचर सार्वजनिक गरेको थियो । त्यसको केही समय पनि नबित्दै, कम्पनीले रेबनसँगको सहकार्यमा स्मार्ट ग्लास सार्वजनिक गरेको छ ।
योसँगै प्रयोगकर्ताका लागि नयाँ बिजनेस टुल पनि सार्वजनिक भएको छ । नयाँ-नयाँ फिचर र उत्पादन बजारमा सार्वजनिक गर्ने क्रममा फेरि नयाँ उत्पादन सार्वजनिक गर्न कम्पनीले तयारी थालेको छ ।
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘केही नयाँ उत्पादनहरूको बारेमा आज फेसबुक लाइभमार्फत घोषणा गर्दैछु । केही अनुमानहरू छन् ?’
उनको यो स्टाटसमा थुप्रैले कमेन्ट गरेका छन् । यद्यपि ठ्याक्कै के आउँदैछ भन्ने थाहा पाउनका लागि भने आज नेपाली समयअनुसार राति १०ः४५ बजेको जुकर्बगको लाइभसम्म कुर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस