आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा सडक अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन बढ्दै,सम्बन्धित निकाय मुखदर्शक

अखिलेश कुमार यादव २०८० माघ ४, बिहिबार ( १० महिना अघि) २०१ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरको मुख्य सडकखण्डमा स्थानीय खुद्रा व्यापारी लगायत सब्जी ठेला सञ्चालकले सडकको भाग अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन झनै बढ्दै गएको छ ।बाराको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको बिरगंज पथलैया ६ लेन सडक अन्तर्गत जीतपुर चोकमा पछिल्लो समय सञ्चालित विभिन्न पसल व्यवसायिकहरुलाई पटक–पटक हटाउने प्रयास गरे पनि प्रभावकारी बन्न सकेको छैन् । सो चोकमा ब्यापारीहरुले बिहानैदेखि राजमार्ग अतिक्रमण गरेर फलफुल लगाएत बिभिन्न समाग्री किनबेच गर्दै आएका छन् ।

 

खुद्रा व्यापारीले दैनिकरुपमा बजारको मुख्य सडकखण्डको भाग मिचेर व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि सर्वसाधारणलाई समेत सडक भएर आवतजावत गर्न समेत समस्या हुन थालेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको गेट देखि लिएर बकुलिया जाने बाटोको दुवै तिर फूटपाथ व्यवसायीहरुले ठेला लगाएर ब्यापार गर्दा दुर्घटनाको पनि जोखिम उतिकै बढेको छ । सडकको छेउ छाउमा ब्यापार गर्ने ब्यापारीहरुले ठेला तथा घुम्ती जस्तै रेडिमेन्ट घर ल्याएर ब्यापार गर्ने गरेको भएपनि नियमकारीहरु मौन रहेको छ । सडकको छेउ छाउमा खुल्ला रुपमा नाला माथि बाँस र काठको स्लेप बनाएर हालेर अहिल ब्यापारीहरुले व्यवसाय गरिरहेको पाईएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नब ७ ले पटक पटक सूचना निकालेर सडकको छेउछाउमा व्यवसाय गर्नेलाई खालि गर्न भने पनि ब्यापारीहरुले अटेर गरेको कारण अहिले जीतपुरमा सडकको भाग अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन झनै बढ्दै गएको छ । मुख्य सडकलाई अतिक्रम गरेर व्यवसाय गर्नले जीतपुर बजार फोहोरमै बन्दै गएको र सटर भाडामा लिएर व्यवसाय गर्नेहरु फूटपाथ बजारको कारण बिस्थापित हुदैं गएको र यसको मुख्य जिम्मेवार जीतपुरसिमरा उपमहानगरपालिका रहेको जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।

 

लामो समयसम्म पनि नगरपालिका र स्थानीय प्रशासनले सडक अतिक्रमण गरेर व्यापार सञ्चालन गर्ने खुद्रा व्यापारी तथा ठेला सञ्चालकलाई सडकबाट हटाउन प्रयास नगर्दा अहिले यस्ता व्यापारीको सङ्ख्या दिनानुदिन जीतपुरका सडकखण्डमा बढ्दै गइरहेको छ ।सडक अतिक्रमण हुँदै गएको कारण यातायात सञ्चालन जटिल बन्दै गएको छ भने सवारी दुर्घटना र मानवीय दुर्घटना हुने खतरा पनि बढ्दै गएको पाइन्छ ।

 

यसतर्फ बेलैमा सम्बन्धित निकायको उचित ध्यान जानुपर्ने सरोकारवालाको धारणा रहेको छ ।यता जीतपुरसिमरा उपमहानगरपालिका -७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले आफुले बारम्बार सूचना निकालेर सडक अतिक्रमण गरेर ब्यापार गर्नेहरुलाई खालि गराए पनि उनीहरुले अटेर गरेको तथा नगर उधोग बाणिज्य संघले नै पुनः त्यहाँ ब्यापार गर्न भने पछि अहिले सडक अतिक्रमण गरेर ब्यापार भईरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस