आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आर्थिक मन्दीको बहाना देखाएर कामदार कटौति गर्दै गणपति बनस्पती उधोग

अखिलेश कुमार यादव २०८० माघ २४, बुधबार ( ९ महिना अघि) ६९९ पाठक संख्या

 बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -३ बजनीमा रहेको गणपति बनस्पती उधोगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकाल पछि कामदारहरु अहिले चिन्तित भएको छ । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकाले पछि अहिले त्याहाँ कार्यरत कामदारहरु चिन्तामा परेको छ ।बिगत २०,२५ बर्ष देखि निरन्तर रुपमा काम गर्दै आईरहेको कामदारलाई एकै पटक निकाल्ने सूचना निकाले पछि अहिले गणपति बनस्पती उधोगमा कार्यरत कामदारहरु न घर न घाटको भएको छ ।उधोगमै काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको र आफुहरुलाई गणपति बनस्पती उधोगले आर्थि मन्दीको बहाना देखाएर काम बाट निकाल्नु दुखद रहेको उक्त उधोगमा कार्यरत कामदार प्रधुमन प्रसाद चौरसियाले बताउनु भयो ।

गणपति वनस्पती उधोगले आर्थिक मन्दीको बहाना बनाएर पहिला देखिने स्थायी रुपमा कार्यरत कामदारलाई जगेडामा राखेर काम गराईरहेको थियो । माघ २३ गते ५० जनाको नाम सहित सूचना तास गरेर काम बाट कटौती गर्ने जनाएको थियो ।उधोगको लागि २५ बर्ष देखि काम गरिरहेको र अहिले उधोगले आर्थिक मन्दीको बहाना देखाएर आफुहरुलाई निकाल्न लागेको कामदार युवराज पराजुलीले बताउनु भयो । यता गणपति वनस्पती उधोगले बिगतका बर्ष देखि नै बढ्दो बजार प्रतिस्पर्धा गर्न नसके बाट उत्पादित तेलहरू भारत निकासी हुदैं आएकोमा भारतले तेलको आयातमा एक्साईज डिउटी बढाएको बाट निर्यात ठप्प नै हुन् गएको उत्पादन गर्नु पर्ने अवस्था नभएको स्थीतिमा पनि श्रमिकहरुलाई काम बिना पूरा पारिश्रमिक भुक्तानी गर्दै आएको उधोगको अवस्थाले र आर्थिक भार वहन गर्न नसक्ने अवस्था भएकोले कामदार कटौती गर्न लागेको उधोगका प्रशासन शाखा प्रमुख दिनेश चन्द्र गिरीले बताउनु भयो ।यता उधोगले दैनिक ज्यालादारीमा कम गरिरहेकाहरुलाई न हटाएर स्थायी रुपमा कार्यरत मजदुर कटौती गर्न थाले पछि अहिले विवाद बढेको हो ।गणपति वनस्पती उधोगले श्रम ऐन २०७४ को दफा १४५ को प्रक्रिया अनुसार नै कामदार कटौती गर्न लागेको बताए पनि उधोगको अहिले निर्यात जारीरहेको आर्थिक मन्दीको बहाना देखाएर कामदार कतैति गर्न लागेको कामदारहरुले बताएको छ ।

 

किन बढ्यो कामदार कटौती प्रवृति ?

सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएसँगै रोजगारदातामा कामदार कटौती गर्ने प्रवृत्ति बढेको विभिन्न ट्रेड युनियनका प्रतिनिधिको आरोप छ। अखिल नेपाल ट्रेड युनियनले पछिल्लो समय रोजगारदाताले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन नचाहेको पाइएको जानकारी दिएको छ। अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले पछिल्लो समय सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएसँगै कामदार कटौती गर्ने प्रवृत्ति बढेको दावी गर्छन्। सिम्खडा भन्छन्, ‘श्रमिकको पसिना सस्तो मूल्यमा खान पल्केका रोजगारदाता विभिन्न आरोप लगाइ कामदार कटौती गर्नतर्फ लागेका छन्।’

 

कामदार कटौती सम्बन्धी के छ कानुनी प्रावधान ?

 

श्रम ऐन २०७४ ले आर्थिक समस्यामा परेका, गाभिएका, बन्द गर्नुपर्ने अवस्थामा पुगेका प्रतिष्ठानले श्रमिक कटौती गर्न पाउने व्यवस्था गरेको छ। यस्ता कारणले श्रमिक कटौती गर्नुपर्ने भएमा ती प्रतिष्ठानले आधिकारिक ट्रेड युनियन तथा श्रम कार्यालयलाई जानकारी दिनु पर्दछ। कामदार कटौती गर्नुपर्ने अवस्थामा विदेशी श्रमिकलाई पहिले कटौती गर्नुपर्ने उल्लेख छ।

 

विदेशी श्रमिक कटौती गरिसकेपछि अरु स्वदेशी श्रमिक पनि कटौती गर्नुपर्ने अवस्था सिर्जना भएमा खराब आचरण भएका तथा एउटै प्रकृतिको काम गर्नेमा पनि सबैभन्दा पछि नियुक्ति भएका श्रमिकबाट कटौती गर्नुपर्दछ। कटौती गर्दा एक वर्ष पूरा गरेका श्रमिकलाई प्रत्येक वर्षको एक महिनाको आधारभूत पारिश्रमिक बराबर बोनस एकमुष्ट प्रदान गराउनुपर्ने व्यवस्था छ। कटौती गरिसकेपछि पुनः सोही योग्यता भएका श्रमिकलाई नियुक्ति दिन पाइदैन।

 

तर नेपालका उद्योग तथा प्रतिष्ठानहरुले कामदार कटौती गर्दा श्रमिक, आधिकारिक ट्रेडयुनियन तथा श्रम कार्यालयलाई जानकारी नगराई आफूखुसी कटौती गर्ने गरेको पाइएको छ। न्यूनतम तलब तथा सेवासुविधा माग गर्ने पुराना कामदार कटौती गरी सोही पदमा नयाँ कामदार भर्ना गर्ने र सस्तो मूल्यमा काम लगाउने प्रवृत्ति पनि बढेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस