आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा शनिवारबाट ‘पियानो रेष्टुरेन्ट एण्ड वार’ सञ्चालनमा

AuthorAP Khabar २०७५ कार्तिक १०, शनिबार ( ६ साल अघि) ७४५ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १० : बाराको सिमरामा शनिवारबाट ‘पियानो रेष्टुरेन्ट एण्ड वार’ सञ्चालनमा आएको छ । सिमराका यूवा हरिशरण अधिकारी, गोकुल अधिकारी, लक्षमण अधिकारी र अमर लामाको संयुक्त लगानीमा सिमरामा यो रेष्टुरेन्ट एण्ड वार सञ्चालनमा आएको हो ।
करिब ३५ लाखको लगानीमा सञ्चालनमा आएको रेष्टुरेन्टमा ग्राहकको रोजाई बमोजिमका विभिन्न परिकार, खाना तथा नानरोटीको सुविधा रहेको संचालक लामाले जानकारी दिनुभएको छ ।
पियानो रेष्टुरेन्ट एण्ड बारको उद्घाटन पञ्चकन्याले रिबन काटेर गरेका थिए । भने कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका २ का वडा अध्यक्ष तीलकबहादुर श्रेष्ठ, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह, होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा, उपाध्यक्ष अर्जुन लम्साल, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी लगायत सिमराका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सिमरा मेनरोडको सिद्धार्थ बैंक नजिक सञ्चालनमा आएको यस रेष्टुरेन्ट एण्ड बारको पहिलो प्राथमिकता नै पारिवारिक वातावरण रहेको सञ्चालक लामाले जानकारी दिनभएको छ ।

प्रतिक्रिया दिनुहोस