आज:  २०८२ बैशाख १०, बुधबार | Wed, 23, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

बेटी पढाऔं, बेटी बचाउको अभियन्तामा थापा

AuthorAP Khabar २०७५ मंसिर १२, बुधबार ( ६ साल अघि) १०५३ पाठक संख्या

काठमाडौं,मंसिर १२:प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान आज सुरु हुँदैछ । प्रदेश २ सरकारले अभियन्ता जिम्मेवारी अभिनेतृ रेखा थापालाई दिएको छ । रौटहटमा एक कार्यक्रमबीच कलाकार थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमको शुभारम्भ गर्दै अभियानको थालनी गर्ने छन् । जनकपुरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको उद्देश्यअनुरूप कलाकार थापाले प्रदेशका आठवटै जिल्लामा विद्यमान छोरीप्रतिको असमान व्यवहार, हिंसा, भ्रणहत्या, पढाइबाट वञ्चित र बालविवाहविरुद्ध जागरण अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।

छोरा हुँदा हर्ष र छोरी हुँदा दुस्ख, पीडा, बोझ ठान्ने मनोवृत्ति, छोरीको जन्मलाई अभिशाप ठानी हत्या गर्ने मानसिकता, अपहेलित गर्ने क्रियाकलाप विरुद्धको अभियानमा सरकारले छोरीको बीमा, साइकल वितरण, दक्षता अभिवृद्धि, सरकारी सेवा परीक्षा तयारी तालीम र प्रहरीमा ५० प्रतिशत आरक्षणलगायत योजना राखिएको उहाँले बताउनुभयो ।

ईकानतीपुर

प्रतिक्रिया दिनुहोस