काठमाडौं ,मंसिर १९: भारतको बैंगलोरमा एक व्याक्तिले आफ्नो श्रीमतीले पोर्न फिल्म खेलेको आरोप लगाएका छन् । ती ३७ वर्षीय व्यक्तिले आफ्नी गर्भवती श्रीमतीलाई यस्तो आरोप लगाएका हुन् । साथमा श्रीमतीलाई लगेर उनी प्रहरीचौकी पुगेका थिए ।
टाईम्सले जनाए अनुसार ती व्यक्ति एक कमर्सियल कम्पनीमा डेलिभरीको काम गर्दछन् । प्रहरीले उनलाई सम्झाउने कोसिस गरेतापनि उनी पत्याएनन् । त्यो भिडियोमा खेल्ने आफ्नै श्रीमती भएको दाबी उनले गरेका छन् । खबरका अनुसार पति पोर्न फिल्मप्रति निकै नकारात्मक छन् । प्रहरीले उनलाई जति सम्झाएपनि मान्न तयार भएका छैनन् । पोर्न खेलेको आरोप लगाउँदै उनले श्रीमतीलाई धेरै पिटेका छन् ।
उनलाई काउन्सिलका निम्ति पठाएको छ । त्यो भिडियो भारतको नभई बाहिरको रहेको बताइएको छ । विवादपछि उनकी श्रीमती माइती बस्दै आएकी छन् ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस