काठमाडौं ,मंसिर १९: कञ्चनपुरको भीमदत्तनगर–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकजना युवा काठमाडौंबाट पक्राउ परेका छन् । निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका एक युवक काठमाडौंबाट पक्राउ परेका हुन् ।
लागू औषध र दुर्व्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर परिवारका सदस्यले उनी भारत गएको बताएका थिए । प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो । मंगलवार साँझ ती युवा काठमाडौंमा फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस