रसुवा , मंसिर २४ : प्रहरीले भन्सार छलेको २ किलो सुनसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
गोसाइँकुन्ड गाउँपालिका वडा नम्बर १ थोमनका ३५ वर्षीय निमा दोर्जे तामाङलाई २ किलो सुनसहित पक्राउ गरिएको हो । स्याफ्रुबाट काठमाडौं आउने क्रममा तामाङ सवार ना १ ज ६१७६ नम्बरको टाटा सुमोबाट सुन बरामद भएको हो । धुन्चेमा नियमित चेकजाँचमा सुन भेटिएको र मालागढी नाका हुँदै थोमनबाट सुन ल्याइएको पाइएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस