आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समयमा सम्पन्न हुन सकेन बिरगंज–पथलैया व्यापारिक मार्ग, स्थानियलाई समस्या, निर्माण नहुनुमा दोषी को ?

AuthorAP Khabar २०७५ पौष २७, शुक्रबार ( ५ साल अघि) १२६५ पाठक संख्या

AP डेस्क
जीतपुर, पौष २७ : राष्ट्रिय आयोजनाको रुपमा रहेको व्यापारिक मार्ग बिस्तार योजना बिरगंज–पथलैया ६ लेन सडक निमार्ण कामको समय सिमा आज शनिवार अकिएको छ । बाटो विस्तारका लागि सडक बिभागले २०७३ साल असार २९ गते ३० महिनाको समय अवधी तोकेर सडक निर्माण कामको सम्झौता गरेको भएपनि म्याद २०७५ पौष २८ गते सम्म सम्पनन हुने भनिएको यो सडक निर्माणको काम समय सिमा समाप्त भएको छ ।

हाल यस योजनामा ४५ प्रतिशत भन्दापनि कम भएको योजना कार्यालयले जानकारी दिएको छ । सडक विभागले बिरगंज–पथलैया ब्यापारीक मार्ग निमार्णका लागि ६ भागमा बिभाजन गरेर छुट्ट–छुट्टै ६ वटा कम्पनिलाई जिम्मा दिएको थियो । तर व्यापारिक मार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले समयमा काम नगर्दा व्यापारीक मार्गको काममा ढिलाई भएको योजना कार्यालयले जनाएको छ ।

निर्माण कार्यको जिम्मा पाएका केहि कम्पनीहरुले केहि हद सम्म राम्रो काम गरेपनि अन्य कम्पनीहरुले भने काममा ढिलाई गरेका कारण र योजनाले समयमा साईड खाली गराउँन नसकेको कारणले समयमा काम पुरा नभएको कन्ट्रक्सन कम्पनी युनाईटेड विल्डर्सका प्रोजेक्ट म्यानेजर रामहरी खनालले जानकारी दिनुभएको छ ।

यता बिरगंज–पथलैया व्यापारी मार्गका ईन्जिनियर अशोक यादबले योजनाको लगभग ४० प्रतिशत काम मात्रै सम्पन्न भएको बताउनुभएको छ । यस योजनामा रहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्ज अन्तरर्गत पर्ने ११ सय मिटरको क्षेत्र खाली गराउँन नसक्दा पनि काम प्रभावित भएको ईन्जिनियर यादबको भनाई छ ।

पाँच अर्व ५० करोडको लागतमा बिनियोजन गरिएको पथलैया देखी बिरगंज सम्म २७ कीलोमिटरको सडक निर्माण थालिएको सडक विभागले प्रति कम्पनिलाई झण्डै ६७ करोड बजेट छुट्याएर यहीँ २०७५ साल पौष २८ गते भित्र सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने गरी जिम्मा दिएको थियो । सडक निर्माणको ठेक्का सम्झौता भएको सयम सिमा समाप्त हुँन अब झण्डै १ दिन मात्रै बाँकी रहेको छ ।

समयमा निर्माण कार्य पुरा नहुदाँ उत्पन्न समस्या

बिरगंज–पथलैया व्यापारिक मार्गको निर्माण कार्य समय मैं सम्पन्न नहुँदा बाटोमा हिँड्ने बटुवा, मोटरसाईकल चालक, माल बाहक तथा यात्रु बाहक सवारीका साधनहरुले धुलो खानुका जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउछन् ।
यता सडक बिस्तारमा ढिलाई हुँदै जाँदा यात्रीहरुलाई मात्रै नभई होटल व्यवसायमा पनि नराम्रो असर पर्दै गएको छ । बाराको जीतपुर स्थित लालका पुल नजिकै रहेको स्मृती स्टाप होटल सञ्चालक साबित्री ठकुरीले निर्माणधिन सडकबाट आउँने धुवाँ–धुलोका कारण उहाँको टोलमा भएको खानाहरु जम्मै बर्वाद हुँने गरेको गुनाँसो गर्नुभएको छ ।
साबित्री जस्तै धुवाँ–धुलोको समस्या बारे बताउँदै सिमराका हार्डवेयरको पसल सञ्चालन गरेका स्थानीय हरि खत्रीले धुलोका कारण पसलमा रहेको बिभिन्न फलामे सामानहरुमा खिया लाग्ने र ग्राँहकहरुले त्यो सामान लिन हिच्किचाउँने गरको गुनाँसो पोखे ।

कुन–कुन कम्पनीले पाएको छ ठेक्का ?

बिरगंज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य सम्पन्न गर्नका लागि व्यापारिक मार्ग बिस्तार योजना बिरगंज पथलैया सडक बिभाग कार्यालय पथलैया बाराले ६ वटा प्याकेजहरुमा बिभाजन गरी ठेक्का लगाएको थियो ।

जस मध्ये ठेक्काको टेण्डर लिएका निर्माण कम्पिनीहरु ए.एम.आर/कन्टेक जे.भीलाई प्याकेज नम्बर ४ र ६ , शर्मा/युनाईटेड् ब्युल्डर्स्दि/वा निर्माण सेवालाई प्याकेज नम्बर ५ , ए.एम.आर/पप्पु/कन्टेकलाई प्याकेज नम्बर १ , श्रेष्ठ/बिरुवा/एपेक्स् जे.भीलाई प्याकेज नम्बर २ र पप्पु/लुम्बिनीलाई प्याकेज नम्बर ३ को टेण्डर रहेको छ । पाँच वटा निर्माण कम्पनीहरुले ६ वटा प्याकेजको टेण्डर लिएको ईन्जिनियर यादबले जानकारी दिनुभएको छ ।

योजनाको प्याकेज नम्बर ४ अन्तरर्गत पथलैया देखि सिमरा स्थित सूर्य नेपाल ईन्डष्ट्रिज सम्म ४.५६ कि.मि ए.एम.आर÷कन्टेक जे.भी , सूर्य नेपाल देखि जीतपुर स्थित नेपाली सेनाको ब्यारेक सम्म प्याकेज नम्बर ५ अन्तरर्गत ५.८ कि.मि शर्मा/युनाईटेड् ब्युल्डर्स्दि/वा निर्माण सेवा , नेपाली सेनाको ब्यारेक देखि परवानीपुर जंकशन सम्म प्याकेज नम्बर ६ अन्तरर्गत ५.१६ कि.मि ए.एम.आर/कन्टेक जे.भी , परवानीपुर जंकशन देखि ट्राईपोर्ट गण्डक नहर सम्म प्याकेज नम्बर १ अन्तरर्गत ३.९२ कि.मि ए.एम.आर/पप्पु/कन्टेक , ट्राईपोर्ट गण्डक नहर देखि सृजना पेट्रौल पम्प मनिहारी सम्म प्याकेज नम्बर २ अन्तरर्गत ३.५ कि.मि श्रेष्ठ/बिरुवा/एपेक्स् जे.भी र प्याकेज नम्बर ३ अन्तरर्गत मनिहारी देखि आई.सि.पी सम्म ४.१ कि.मि सडक निर्माणको ठेक्का पप्पु÷लुम्बिनीले टेण्डर जिम्मा लिएको ईन्जिनियर यादबले जानकारी दिनुभयो ।

कुन कम्पनीको काम कति सम्पन्न ?

ठेक्काको टेण्डर लिएका निर्माण कम्पिनीहरु ए.एम.आर/कन्टेक जे.भीले ५२/५१ प्रतिशत, शर्मा/युनाईटेड् ब्युल्डर्स÷दिवा निर्माण सेवाले ३० प्रतिशत, ए.एम.आर/पप्पु/कन्टेकले ३५ प्रतिशत, श्रेष्ठ/बिरुवा/एपेक्स् जे.भीले ५५ प्रतिशत, र पप्पु/लुम्बिनीले ३५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

के भन्छन् त ठेक्केदार कम्पनीले ?

बिरगंज–पथलैया व्यापारिक मार्ग अन्तरर्गत प्याकेज नम्बर ४ र ६ को सडक निर्माणको ठेक्का लिएको कन्ट्रक्सन कम्पनी युनाईटेड विल्डर्सका प्रोजेक्ट म्यानेजर रामहरी खनालले योजना प्रमुख कै कारण निर्माण कार्य अवरोध भईरहेको बताउनुभएको छ । उहाँले व्यापारिक मार्ग बिस्तार योजना बिरगंज पथलैया सडकको कार्यालयमा पटक पटक योजना प्रमुखको परिवर्तन हुनालेपनि योजनामा ढिलाई भईरहेको बताउनुभयो ।

योजना प्रमुखको पटक–पटक सरुवा भई रहँदा रकम निकासा नहुँनुका कारण व्यापारिक मार्गको निर्माण कार्य समय सिमा अवधीमा पुरा गर्न असमर्थ रहेको सिंहको भनाई छ ।

हाल यस कार्यालयले निर्माण ब्यवसायीहरुलाई विभागयि स्तरबाट छलफल गरी बढिमा ६ महिनाको समय सिमा दिएर काम अगाडी बढाउने प्रयास गरीरहेको छ ।

यसरी पथलैया विरगंज ब्यापारीका मार्य ६ लेन विस्तारीक सडकको काम सम्पन्न हुनुमा निर्माण ब्यवासयी त दोषी छन् नै साथ साथै योजनालाई अगाडी बढाउने कार्यालयका क्रमचारी र नेपाल सरकारको योजना प्रतिको उदाशीनतापनि एक कारण रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस