AP डेस्क
जीतपुर, पौष २८ : साना किसान कृषि सहकारी संस्था लिमिटेड सिमरा शाखाकी अध्यक्ष कमला अधिकारीले सहकारी भनेको सहकार्य गरेर अगाडी बढ्ने स्थल भएकोले संस्थाभित्र मिलेर जानुको बिकल्प नभएको टिप्पणी गर्नुभएको छ ।
आफ्ना सेयर सदस्यहरुलाई तत्कालका लागि साधारण सभा स्थगित भएको जनाकारी गराउन सिमरा थानिमाई वन समितिमा डाँकिएको भेलामा बोल्दै सिमरा शाखाकी अध्यक्ष अधिकारीले संस्थालाई जोगाई राख्न सबैको सहकार्य अवाश्यक रहको कुरामा जोडदिनुभएको थियो ।
साना किसान कृषि सहकारी संस्था सिमरा शाखाका अन्तर समुहका प्रमुख तथा शेयर सदस्यहरुले संस्थाभित्र वाद विवाद चर्किदै गएको भन्दै सिमरा शाखालाई छुटएर लानुपर्ने माग गरेपछि अध्यक्ष अधिकारीले त्यस्तो प्रतिक्रिया दिनुभएको हो ।
“एक जना व्यक्तिका कारणले संस्थाभित्र विवाद शुरु हुनु, साधारण सभा नै स्थगित हुनु अत्यन्त गलत र दुखद कार्य हो ” अध्यक्ष अधिकारीले भनिन् । “अन्य शाखाको तुलनामा हामी सिमरा शाखा आर्थिक र सदस्य संख्याका हिसावले पनि अत्यन्त बलियो छौ, तर बलियो छौ भन्दैमा हामीले संस्थालाई नै टुक्राएर लानुहुदैन” ।
सानाकिसान कृषि सहकारी संस्था सिमरा शाखाले आयोजना गरेको कार्यक्रममा सिमरा शाखाका अन्तरसमुहका अध्यक्षहरुले सिमरा शाखाले कमाएको मुनाफा रकमले अन्य शाखाको घाटा पूर्ति गर्नुपरेको भन्दै संस्था टुक्राउन माग गरेका थिए । साना किसान कृषि सहकारी संस्था डुमरवानाको ५ ओटा शाखाहरु डुमरवाना, सिमरा, कतर्वाहा, निजगढ र कोल्हवी मध्ये सिमरा शाखा मुनाफा आर्जनमा सबैभन्दा अगाढी छ ।
हाल सिमरा शाखामा मात्रै ३ हजार १ सय १६ सेयर सदस्य रहेकोमा ९९ प्रतिशत महिला रहेका छन् भने सिमरा शाखामा २४ करोड निक्षेप, ३३ करोड लगानी रहेको छ । साना किसान कृषि सहकारी संस्था डुमरवाना लिमिटेडको पौष २८ गते शनिवारका लागि तोकिएको वार्षिक साधारण सभा फागुन मसान्त सम्मका लागि स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस