आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

रिद्धि सिद्धि ओ.पि.सि सिमेन्ट बजारमा आउँदै

AuthorAP Khabar २०७५ माघ ३, बिहिबार ( ६ साल अघि) ६४० पाठक संख्या

काठमाडौं  , माघ ३ : शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा हेटौडाको रातोमाटो बाट रिद्धि सिद्धि ओ.पि.सि सिमेन्ट बजारमा आउने भएको छ ।

उत्पादनको पूर्व सन्ध्यामा रिद्धि सिद्धि सिमेन्ट ले विक्रेतासँग विभिन्न स्थानमा अन्तरक्रिया समेत सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले आफ्नो उत्पादनले गुणस्तरीयता कायम गर्ने बताउँनुभएकाे छ । युरोपियन अत्याधुनिक प्रदुषण रहित रोबोटीक टेक्नोलोजिले गर्दा गुणस्तरिय सिमेन्ट उत्पादन हुने र लेजर सिल प्रविधिले सामान्य बोरा भन्दा कम चुहावट हुनुका साथै वातावरण मैत्री समेत हुने उनको दावी रहेको छ ।

त्यस्तै शंकर ग्रुपका कार्यकारी निर्देशक आनन्द नेपालले रिद्धि सिद्धि ओ पि सि सिमेन्टको बारेमा प्राविधिक जानकारी दिदै छिट्टै बजारमा आउने र छोटो समयमै उपभोक्ताले रुचाउने बताउँनुभएकाे छ ।

विगत लामो समय बहुराष्ट्रिय कम्पनीको नेतृत्वमा रही उत्पादीत बस्तुको बजारीकरणमा निकै सफल मानिएका रिद्धि सिद्धि सिमेन्टका जनरल म्यानेजर मुकुन्द घिमिरेले आफ्नो उत्पादन उपभोक्तामुखी हुने दावी गर्दै निर्धक्कले बिक्री गर्न बिक्रेतालाई सुझाव दिनुभएको छ । त्यस्तै कार्यक्रममा ब्राण्डिङ एवं प्रोमोशनको भावी योजना बारे कम्पनीका ब्रान्ड प्रमुख अनुज महतले चर्चा गर्नुभएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस