आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगंजमा यहि माघ २९ र फागुन १ गते वृहत शैक्षिक मेलाको आयोजना हुने

AuthorAP Khabar २०७५ माघ २६, शनिबार ( ६ साल अघि) ४६० पाठक संख्या

एपी संवादाता
विरगंज, माघ २६ : वीरगंजमा यहि माघ २९ र फागुन १ गते वृहत शैक्षिक मेलाको आयोजना हुने भएको छ । वीरगंजमा आज पत्रकार सम्मेलन गरी आयोजकले वीरगंजको टाउनहलमा पहिलो पल्ट मेला आयोजना गर्न लागिएको जनाएको छ ।

पाँचौ नेपाल हाईअर एजुकेशन फेयर नाम दिएको मेला बिहान १० बजे देखि साँझ पाँच सम्म हुने आयोजकले जनाएको छ । मेलामा काठमाडौं विश्व बिद्यालय,त्रिभुवन विश्वबिद्यालय, पोखरा बिश्व बिद्यालय,पुर्वाञ्चल विश्व बिद्यालय संग आवद्ध बिभिन्न कलेजहरुले निशुल्क परामर्श दिने आयोजकले जनाएको छ ।

उच्च शिक्षा हासिल गर्नका लागि बिद्यार्थीहरु बिदेश जाने क्रम बढदै जादा स्वदेशमै उच्च शिक्षा हासिल गर्नको लागि मेला आयोजना गरिएको मेलाका कार्यकारी अधिकृत तारामान रावलले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा शिक्षाविद तथा बिपिसी कलेजका प्रबन्धक डा. दिपक शाक्य,नेपाल पत्रकार महासंघ प्रदेश दुईका अध्यक्ष दिपेन्द्र चौहान,पत्रकार बिजय कुशावाहा, प्रध्यापक सुवास प्रसाद ,संजय श्रेष्ठ लगायतले मेलाको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस