एपी संवादाता
रौतहट, माघ २६ : रौतहटको राजदेवी नगरपालिका स्थित बांगमती नदी किनारको बगरमा खेती गरी यहाँका किसानहरुले मनग्य आम्दानी लिन सफ भएका छन् ।
यस नगरपालिकाका किसानहरुले यस बगरमा तरकारी खेतीलाई आफुनो आय श्रोत बनाउन थालेका हुन् ।
उनिहरुले यहाँ दिनरात मिहनेत गर्दै बगर जमिनमा लौका र तरबुजाको खेती गरेका छन् ।
बालि लगाएको करिब ५० दिनमा उब्जनि शुरु हुने यस बगरबाट पनि कृषकहरुले आम्दानी लिने बताउदै यहाँ लगाइएको लौका र तरबुजाको उत्पादन राम्रो हुने स्थानीय कृषि बिशेषज्ञ अमर बैठाले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस