आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जमा मंगलबार (आज) देखि दुईदिने शैक्षिक परामर्श मेला शुरु

AuthorAP Khabar २०७५ माघ २९, मंगलबार ( ५ साल अघि) ५८३ पाठक संख्या

विरगंज, माघ २९ : वीरगन्जमा मंगलबार (आज) देखि दुईदिने शैक्षिक परामर्श मेला शुरु भएको छ । वीरगन्जको नगरसभा गृहमा शुरु भएको मेलाको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उदघाटन गर्नुभयो ।

उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवायुवतीहरुलाई स्वदेशमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि आयोजना गरिएको शैक्षिक परामर्श मेलामा देशभरका विभिन्न उत्कृष्ट कलेजहरुको स्टल राखिएको छ ।

एजुकेशन डटकमले आयोजना गरेको दुईदिने परामर्श मेलामा वीरगन्ज क्षेत्रको मात्रै नभई बारा र रौतहटका विद्यार्थीहरुले पनि उच्च शिक्षा अध्ययन हुने नेपालका उत्कृष्ट कलेजहरुको बारेमा जानकारी लिन सक्ने आयोजक समितिका सदस्य तारामन रावलले जानकारी दिनुभयो ।

नेपालमा उच्च शिक्षाका लागि उत्कृष्ट र गुणस्तरीय कलेजहरु भएपनि पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवायुवतीहरुको संख्यमा वृद्धि भईरहेकोले नेपालमै पनि उच्च शिक्षा अध्ययनका लागि कलेजहरु छन् भन्ने जानकारी गराउन मेलाको आयोजना गरिएको मेला आयोजक समितिका अध्यक्ष जीवन कुमार लामाले बताउनुभयो ।

मेलाको उदघाटन सत्रमा विरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डा।दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने लगायतको पनि सहभागिता रहेको थियो । शैक्षिक परामर्श मेला भोली सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस