आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

एम्बुलेन्स खरीद गर्न जीतपुरमा दास्रो महोत्सव

AuthorAP Khabar २०७५ फागुन १३, सोमबार ( ६ साल अघि) ४५७ पाठक संख्या

एपी खबर
जीतपुर, फागुन १३ :  एम्वुलेन्स खरिदको लक्ष्य सहित बाराको जितपुरसिमरा उपमहानगरपालीका वार्ड नं ७ मा दोस्रो जितपुर महोत्सव हुने भएको छ । आयोजक समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो जितपुर महोत्सव फाल्गुण २३ गते देखी चैत्र ३ गते सम्म हुने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहनुभएका जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष प्रमुख रामबाबु गुप्ताले मेलाबाट आएको पैसाले एम्बुलेन्स गरीद गर्ने कुरामा कुनै सन्देह नगर्न सबैलाई आग्रह गर्नुभएको थियो । उहाँले मेला आयोजक समितिलाई नपुगेको पैसा वडा कार्यालयले ब्यवस्था गरेर भएपनि एम्बुलेन्स खरीद गरीने जानकारी दिनुभयो ।

महोत्सव आयोजक समितिका अध्यक्ष शक्ति गुप्ताले दोस्रो जितपुर बृहत खेलकुद, सांस्कृतिक एवम् व्यापार मेला २०७५ यहि माघ १६ गते देखी शरु हुने भनिएपनि केही कारणवस महोत्सवको समय २३ गतेका लागि सार्न परेको जानकारी गराउनुभयो । उहाँले मेला ब्यवस्थापकको तर्फबाट बाल उद्धान संचालन गर्ने ठेकेदारको मृत्यु भएका कारण बाल उद्यानका साधन अन्यत्रबाट ल्याउनुपर्ने भएपछि सो मेलाको समय र्सा आयोजक समिति बाध्य भएको जानकारी दिनुभयो ।

११ दिन सम्म चलने यस मेलामा व्यापारीक, खाद्यानका स्टालहरु, रमाईलो मेलाका साथै स्थानिय एवम राष्ट्रीय कालाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समितिका कोषाध्यक्ष प्रिन्स गुप्ताले जानकारी दिनुभयो । जीतपुरमा पहिलो खेलकुद महोत्सव मनोज कुमार साहको अध्यक्षतामा भब्य रुपमा सम्पन्न भएको थियो । हाल त्यही मेलाको दोस्रो संस्करण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस