आज:  २०८१ पौष २९, सोमबार | Mon, 13, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

राजपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

AuthorAP Khabar २०७५ चैत्र ४, सोमबार ( ५ साल अघि) ३८४ पाठक संख्या

 चैत ४  राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ ।

पुर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिने वित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद अनिल कुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

पटक पटक सभामुखले आसन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाईरहेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरे । राजपाका सांसदको अवरोधका कारण आइतबारको बैठक समेत प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस