आज:  २०८१ पौष ६, शनिबार | Sat, 21, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आक्रामक बन्दै राजपा

AuthorAP Khabar २०७५ चैत्र ५, मंगलबार ( ५ साल अघि) ३५५ पाठक संख्या

चैत्र ५  राष्ट्रिय जनता पार्टी पछिल्लाे समय सरकारप्रति रुष्ट भएको छ । सरकारसँगको सहमति कार्यान्वयन नभएपछि राजपा आक्रोसित बनेको हो । राजपाले संविधान संशोधन र कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीकाे रिहाई माग गर्दै आएको छ । यी माग पूरा गराउन राजपाले सरकारदेखि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग विभिन्न पटक छलफल गर्दै आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाफ्ना मागप्रति लचिलो भएपछि राजपाले सरकारलाई समर्थन गरेको थियो । संविधान संशोधनको छनक नदेखिएपछि राजपाले पछिल्लो समय चौधरीको रिहाईलाई बढी जोड दिएको थियो । तर चौधरीको रिहाई पनि नहुने स्थिति देखिएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

राजपाले तराई आन्दोलनमा जीवन गुमाएका परिवारलाई राहत र घाइतेको उपचार हुनुपर्ने माग गर्दै आएको छ । सरकारले आन्दोलनको क्रममा भएको ज्यादति तथा मानव अधिकारको उल्लंघनका घटना छानविन गर्न २०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्रलालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस