आज:  २०८१ पौष ६, शनिबार | Sat, 21, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर ७ अंकले घट्यो

AuthorAP Khabar २०७५ चैत्र ५, मंगलबार ( ५ साल अघि) ३५५ पाठक संख्या

 चैत्र ५   शेयर कारोबार कारोबार मंगलबार ६ दशमलव ८३ अंकले घटेको छ । कारोबार घटेर एक हजार १४७ दशमलव १५ पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ५७ विन्दुले घटेर २४३ दशमलव ९७ पुगेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत कमी आएको छ । कूल १५८ कम्पनीको ५ लाख ३४ हजार ९९५ कित्ता शेयर १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ रूपैयाँमा किनबेच भएको छ ।

कारोबार भएका कूल ११ उपसमूहमध्ये सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ ६ दशमलव ७५, व्यापार २ दशमलव ८७, होटल उपसमूहको शेयर कारोवार भएन । यस्तै विकास बैंक ९ दशमलव ९८, जलविद्युत् ७।८५, वित्त दशमलव २७, निर्जीवन बीमा २२ दशमलव ३९, उत्पादन ४ दशमलव ७४, अन्य ४ दशमलव ३३,लघुवित्त ७।४३ र जीवन बीमा २० दशमलव २३ ले घटेका छन् ।

स्टकका अनुसार नागरिक लगानी कोषको २ करोड ३५ लाख ४६ हजार ४ सय ८, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ४६ लाख ७८ हजार ३९४, ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर रु एक करोड १५ लाख १४ हजार १०२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर ४७ लाख ७१ हजार ५०१ रुपैयाँमा किनबेच भएका छन् ।

घटेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९ दशमलव ९५ प्रतिशतले कमाउँदा श्रीराम सुगर मिल ४ दशमलव ८६, सिन्धु विकास बैंक ४ दशमलव ३५, सहयोगी विकास बैंक ३ दशमलव ६५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३ दशमलव २७ र नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले २ दशमलव ७८ प्रतिशतले कमाएका छन् ।

नेशनल हाइड्रो पावर कम्पनीको शेयर अझै पनि प्रतिकित्ता ७४ मा कारोबार भइरहेको छ । यस्तै मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले ४ दशमलव ८९, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३ दशमलव १२, साइन रेसुङगा डेभलपमेन्ट बैंक २ दशमलव ९४ र अरुण काबेली पावरका शेयरधनीले २ दशमलव ८५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस