आज:  २०८१ पौष ६, शनिबार | Sat, 21, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पत्रपत्रिकामा आजः आयल निगमले घटाएन मूल्य

AuthorAP Khabar २०७५ चैत्र २२, शुक्रबार ( ५ साल अघि) ३२६ पाठक संख्या

चैत्र २२  राजधानीबाट प्रकाशित अखबारहरुले विभिन्न समाचारलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् ।

बिहीबार जनतासमाचार डटकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुन भेटिएको, नेपाल बार एशोसिएशनमा भएको कडा प्रतिस्पर्धा, सहायक डीनलाई विद्यार्थीले कार्यकक्षमै मोसो दलेको लगायत अन्तर्राष्ट्रिय, खेल, मनोरञ्जनात्मक समाचारहरु प्रकाशित भए ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘आशाको मुस्कान’ शीर्षकमा समाचार छापेको छ । समाचारमा सरकारले बर्खाअगाबै घर बनाइदिने आश्वासन दिएको र राहतका सामग्रीहरुको जोहो पनि बिस्तारै हुँदै गरेको उल्लेख छ । यस्तै नेपाली कांग्रेसभित्रको किचलोको समाचार पनि अन्नपूर्ण पोस्ट्ले पहिलो पृष्ठमा लेखेको छ । समाचारमा सभापति देउवाले बिशेष महाधिवेसन फेस गर्न तयार छु भनी दिएको भनाइलाई कोट गरिएको छ । यस्तै आगामी तीन वर्षभित्र सेनाको प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा आउने भएको छ । उचित राष्ट्रिय सुरक्षा नीति र रणनीतिअन्तर्गत प्रतिरक्षा क्षमता वृद्धि गर्न सरकारले विश्वविद्यालय सञ्चालन गर्न लागेको हो ।

‘वैशाखमा समन्वय परिषद्को बैठक’ शीर्षकमा गोरखापत्र दैनिकले समाचार प्रकाशित गरेको छ । समाचारमा प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा काम गर्न समस्या भइरहेको मुख्यमन्त्रीहरुले गुनासो गरेको प्रसङ्ग उल्लेख गरिएको छ । यस्तै मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नको लागि हिजो भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सुचना एवं सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आश्वयक सेवामा हड्ताल गर्न नपाइने बताउनुभएको छ भने बारा र पर्साका हावाहुरी पीडितहरुको लागि बर्षाअघि नै घर बनाइने आश्वासन दिइएको छ । यस्तै हावाहुरी प्रभावित क्षेत्रमा रोगविरुद्ध जनचेतना फैलाउने काम भइरहेको प्रसङ्गलाई पनि पत्रिकाले समेटेको छ ।

कान्तिपुर दैनिकले बारोका फेटा गाउँपालिका १ स्थित भरबलियामा हुरीले घर भत्किएपछि विस्थापित भएकोले बासका लागि हालिएका टेन्को तस्बिर पहिलो पृष्ठमा छापेको छ । प्रभावितका घर बनाउन सेनालाई जिम्मा दिने केन्द्रको निर्णय भएको समचारलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । यस्तै मिडिया सोसाइटीले प्रेसविरोधी निर्देशन खारेज गर्न माग गरेको समाचार कान्तिपुरको कर्नरमा छ । कान्तिपुरकै पहिलो पृष्ठमा ‘निगमले घटाएन मूल्य’ शीर्षकको समाचार छ । समाचारमा दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा भएता पनि दुई महिनायता पेट्रोलियम पदार्थको मूल्य समायोजना नभएको प्रसङ्ग समेटिएको छ । यस्तै प्रश्नपत्र चोर्ने प्रहरी नै नक्कली परीक्षार्थी भएको समाचारलाई पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । त्यसैगरी नेपाल बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।

नयाँ पत्रिका दैनिकले ‘कोसी बाढीका १० वर्ष, राहतको ३६ करोड अझै सरकारी खातामा’ शीर्षकमा समाचार छापेको छ । १० वर्षमा १० जना प्रधानमन्त्री र सुनसरीका १० जना सिडियो फेरिएता पनि पीडितको दशा भने अझै उस्तै रहेको प्रसङ्ग समाचारमा उल्लेख छ । यस्तै सुर्खेतका बाढीपीडित पाँच वर्षदेखि पालमुनी रहेको समाचारलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । यस्तै इसईई प्रश्नपत्र प्रहरीले झिकेको र शिक्षकले चुहाएको समाचार छापेको नयाँ पत्रिकाले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन गर्ने असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाले निर्णय गरेको छ ।

‘राहत वितरण अव्यवस्थित, पीडितको संख्या अझै खुलेन’ शिर्षकमा नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ । समाचारमा पीडितले स्थानीय राहत वितरण समितिका सदस्यले आफ्नालाई काखा र अरुलाई पाखा गरेको आरोप लगाएका छन् । क्षति मुल्याकंनमा पनि विभेद गरिएको उनीहरुको आरोप छ । ललितानिवास प्रकरणबारे निरन्तर फलोअपमा रहेको नागरिक दैनिकले तत्कालीन भोगाधिकारीले सरकारबाट मुआब्जा लिएर ललितानिबासको जग्गा हडपेको पुष्टि भएको समाचार छापेको छ । यस्तै नेपाल मिडिया सोसाइटीले सरकारको प्रेसविरोधी कदमले मिडिया बन्द नहुने र सरकारलाई दुस्वप्न नदेख्न समेत आग्रह गरेको छ ।

‘१३ मध्ये तीन स्मार्टसिटीको डीपीआर बन्दै’ शीर्षकमा कारोबार दैनिकले समाचार छापेको छ । तीनवटा स्मार्टसिटीमा रुपन्देहीको लुम्बिनी, बाराको निजगढ र गोरखाको पालुङटार रहेको बताइएको छ । यस्तै सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्ने बताएता पनि अहिले पनि २० प्रतिशत खाद्यान्न आयात भइरहेको कुरा समाचारमा उल्लेख गरिएको छ । त्यस्तै भेरी–बबईको सुुरुङ एक वर्ष अगावै पूरा शीर्षकमा समाचार लेखेको पत्रिकाले १७ महिनामा ठेकेदार कम्पनीले १२ हजार २ सय मिटर सुरुङ खनेको प्रसङ्गलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस