बिदुर खडका बारा बैशाख २४
मकैउत्पादनमा लागेका किसानहरुले गतसाता मकैको भाउमा बृद्धि आएर हर्षित भएपनि हालआएर मुल्यमा भारि गिरावट आएपछि किसानहरुमा निरास छाएकोछ । उत्पादित मकै एक हप्ता भित्रमा दस रु प्रति केजि मुल्यमा गिरावट आएपछि किसानहरु निरास भएकाहुन ।
गत साता प्रति केजि ३८ रु मा मकै बिकृ गरेका किसानले हाल प्रति केजि २८ रुपया मा बिकृगर्न बाध्य भएका हुन ।
गत सालको तुलनामा यस बर्ष मकै उत्पादनमा बृद्धि आएर राहत महसुस गरेका किसानहरुलाई मुल्यमा गिरावट आएर सस्तो र उदारोमा मकै बिकृ गर्न बाध्य भएकाहुन ।
नेपालमा उत्पादित मकैबाट तिनमैना मात्र दाना उद्योग चल्नसक्ने भएको कारण भारत बाट मकै आयतहुने भएकोले मकेै को मुल्य ठुला दाना उद्योगि र भारतिय ब्यापारिले मुल्य निर्धारणगर्ने गरेको चितवनका दाना बितरक तुलसि न्यौपाने बताउछन ।
यता तराईमा उत्पादित मकैको मुल्यमा भारि गिरावट आएपनि मकै द्धारा उत्पादित दानामा भने गिरावट नआएको कारण पसुपालक किसानहरु मारमा परेको सहकर्मि बिदुर खडकाले जनाएकाछन ।
प्रतिक्रिया दिनुहोस