आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल टेलिकमले दियो टेलिफोन तथा मोबाइलको पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट

AuthorAP Khabar २०७६ जेष्ठ १५, बुधबार ( ५ साल अघि) ४४२ पाठक संख्या

जेठ १५

नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ ।

यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ । आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने कम्पनीले जनाएको छ ।

पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको हो । छुटको अवसरलाई सदुपयोग गरी पुरानो बक्यौता भुक्तानी गर्नुहुन समेत सम्बन्धित सबैलाई नेपाल टेलिकमले सूचित पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस