आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनकाे मूल्य बढ्याे

AuthorAP Khabar २०७६ जेष्ठ १९, आईतबार ( ५ साल अघि) ७५४ पाठक संख्या

जेठ १९

सुनको मूल्य तोलामा पाँच सय रुपैंयाले बढेको छ ।

शुक्रवार एक्कासी तोलामा पन्ध्र सय रुपैंयाले बढेको सुनको भाउ आइतबार पुन बढेको हो ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएको र घरेलु बजारमा संघीय सरकारको बजेटले प्रति दश ग्राम सुनमा आठ सय रुपैयाँ भंसार बढेका कारण मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघको विष्लेषण छ ।

आइतबार छापावाला सुन प्रतितोला ६१ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । यस्तै तेजावी सुन प्रतितोला ६१ हजार दुई सय रुपैंयामा किनबेच भएको छ भने चाँदी प्रतितोला सात सय दश रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस