आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउमा नयाँ रेकर्ड,तोलाको ७१ हजार पुग्यो

AuthorAP Khabar २०७६ श्रावण २८, मंगलबार ( ५ साल अघि) ३८० पाठक संख्या

काठमाडौं, साउन २८: सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो।

पछिल्ला तीन दिनयता प्रतितोला ७० हजार रुपैयाँमा अडिएको सुनको मूल्य मंगलबार एक हजारले बढेर ७१ हजार पुगेको हो।त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय पुगेको छ।त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ।

सोमबार प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ८ सय ३५ मा कारोबार भएको छ।अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ।

सेतोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस