आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा १६ सय भन्दा बढी उद्योग थपिए

AuthorAP Khabar २०७६ श्रावण २८, मंगलबार ( ५ साल अघि) ४४५ पाठक संख्या

चितवन, साउन २८ : देशको केन्द्र भागमा रहेको चितवनमा नयाँ उद्योग तथा व्यवसायहरु थपिने क्रम बढ्दै गएको छ ।आर्थिक वर्ष २०७५/०७६ मा मात्रै चितवनमा १६ सय भन्दा बढी उद्योग थपिएका छन् ।गत आर्थिक वर्षमा २ हजार दुई सय ४१ जना उद्यमी मिलेर एक हजार ६ सय ८८ वटा नयाँ उद्योग सञ्चालन गरेका छन् ।

सञ्चालनमा आएका नयाँ उद्योगमध्ये सबैभन्दा धेरै कृषि उद्योगहरु छन् । त्यस्तै पर्यटनमूलक र सेवामूलक उद्योगहरु पनि बढी मात्रामा रहेका छन् ।नयाँ थपिएका उद्योगसहित जिल्लामा हालसम्म ११ हजार दुई सय ८५ वटा उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख रमेशकुमार कर्माचार्यले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७५/७६ मा उद्योग दर्ता र नविकरणबाट मात्रै चार करोड दुई लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय चितवनले जनाएको छ ।सरकारले महिला उद्यमीहरुका लागि दुई सय रुपैयाँ शुल्कमा नै एक करोड रुपैयाँसम्म कूल पूँजी भएको प्राइभेट फर्म दर्ता गर्ने नीति ल्याएपछि जिल्लामा उद्यमीहरु बढेको कार्यालयले जनाएको छ ।

इमेजखबर ;

प्रतिक्रिया दिनुहोस