आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

आर्थिक मन्दीका कारण चर्चित बिस्कुट कम्पनी पार्लेले एकैपटक १० हजार कामदारलाई निकाल्दै

AuthorAP Khabar २०७६ भाद्र ५, बिहिबार ( ५ साल अघि) ४१५ पाठक संख्या

भाद्र , ५ : भारतको सबैभन्दा ठूलो बिस्कुट निर्माता कम्पनी पार्लेलाई आर्थिक मन्दीले छोपेको छ । त्यसैकारण उसले १० हजार कर्मचारीलाई निकाल्ने तयारी गर्दैछ ।कम्पनीका एकजना अधिकारी मयंक शाहले बुधबार अन्तराष्ट्रिय न्यूज एजेन्सी रोयटर्ससँगको कुराकानीमा ग्रामिण क्षेत्रमा बिस्कुटको बिक्री घटेको र त्यसकारण कम्पनीले उत्पादनमा कटौती गर्न लागेको जानकारी दिए ।शाहले सन् २०१७ मा जीएसटी लागू भएदेखि पार्ले–जीजस्तो चर्चित बिस्कुटको बिक्रीमा ८ प्रतिशतले ह्रास आएको बताए ।

भारु ५ पर्ने बिस्कुटमा अझै उलेख्य मात्राको जीएसटी लाग्छ । मूल्य बढाउन विक्री घट्ने डरले कम्पनीको सबै प्याकमा बिस्कुटको संख्या घटाएको छ । तर पनि ग्रामिण क्षेत्रमा मागमा ह्रास आएको छ ।पार्लेको आधाभन्दा बढी आय विस्कुट उत्पादनबाट गर्छ । कम्पनीले चर्को जीएसटीबारे अघिल्लो वर्ष मोदी सरकारसँग कुरा पनि थियो । बिस्कुटमा १८ प्रतिशत जीएसटी लागिरहेको छ ।

शाहले मूल्यलाई लिएर ग्राहक निसकै धेरै संवेदनशील रहेको बताए । साथै प्रयोगकर्ताले आफूलाई प्राप्त भइरहेको बिस्कुटको संख्या पनि ख्याल गरिरहेकाले व्यापारमा असर गरेको शाहले जानकारी दिए ।‘सरकार छिट्टै केही गरेन भने हामीले तत्काल बाध्य भएर कर्मचारीको संख्या घटाउनुपर्छ ,’ शाहले बने ।९० वर्ष पुरानो पार्ले कम्पनीको आफ्नै १० वटा कम्पनी र १२५ वटा कन्ट्रयाक्ट कम्पनी छन् ।भारतमा छाएको आर्थिक मन्दीको कारण अफ्ठ्यारोमा परेको पार्ले एउटा मात्र कम्पनी भने होइन ।

बजार अनुसन्धान गर्ने संस्था निल्सनले भारतमा पछिल्लो महिना आर्थिक मन्दी आएपछि उपभोग्य वस्तु निर्माण क्षेत्रमा सुस्तता छाएको जानकारी दिएको छ ।

पछिल्लो समय आर्थिक मन्दीको कारणले गाडि निर्माण क्षेत्रमा पनि हजारौं मानिसको रोजगारी गुमाएका छन् । यसले लाखौंको रोजगारीमाथि खतरा बनेको छ । गाडिको बिक्री जुलाईमा ३१ प्रतिशत घटेको थियो जुन १९ वर्षयताको सबैभन्दा बढी हो ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस