भाद्र, १२ : मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु ११ जना सिकिस्त घाइते भएका छन् ।
घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको अधिकारीहरुको भनाइ छ । कोट्जाकोल्कोस शहरमा घटना भएको हो ।’क्रुर व्यक्तिहरुले आगोलगाउँदा गरेर घटना भएको हो,’ स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
केहि व्यक्तिहरूले बारमा छिरेर प्रवेश द्वार र आपतकालिन ढोका समेत लगाएर आगो लगाउँदा सो घटना भएको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।घटनामा परी मृत्यु भएका र घाइते भएकाहरुका आफन्त घटनास्थलमा विक्षिप्त अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटना भएको बारमा काम गर्ने एक महिलाले आत्तिदै र चिच्याउँदै भन्दै थिइन्, ‘मेरो छोरो ठिक छ की छैन, उस्लाई केही भएको छ की छैन ?’
बारमै रहेका उनको छोरो पनि घाइते भएपछि अस्पताल लगिएको थियो । घाइतेहरुलाई उद्धार गर्न प्रहरीको ठूलो टोली आएको थियो ।घटना भएको क्षेत्र देशमै अत्यधिक धेरै हिंसात्मक घटना हुने क्षेत्रका रुपमा चिनिने गरेको समाचारमा जनाइएको छ ।
सीतोपाती ;
प्रतिक्रिया दिनुहोस