आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेजन दुर्दशामा बोल्सेनारोको नीति कति जिम्मेवार ?

AuthorAP Khabar २०७६ भाद्र १८, बुधबार ( ५ साल अघि) ४०५ पाठक संख्या

भाद्र , १८ : अमेजनमा फैलिएको पछिल्लो डढेलोका कारण २० हजार हेक्टर जंगल क्षेत्र जलेको छ । धेरैले यसमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोको दोष देखाउने हतारो गरेका छन् । बोल्सेनारोले कार्यकाल सुरु गर्नासाथ पर्यावरण आफ्नो सरकारको प्राथमिकतामा नरहेको स्पष्ट पारेका थिए । उनको नीति र संरक्षणविरोधी अभिव्यक्तिले पक्कै पनि ठूलो भूमिका खेलेको छ ।वन फँडानी, भूउत्खनन तथा एग्रिबिजनेसलाई प्रवद्र्धन गर्ने बोल्सेनारोको नीतिबाट आदिवासी जनता प्रभावित भएका छन् । बोल्सेनारोको रटानले ती किसानलाई अमेजनमा आगो सल्काउन प्रेरित गरेको छ, जसले अन्तर्राष्ट्रिय आलोचनाका बाबजुद आफ्ना राष्ट्रपतिको समर्थन गरिरहेका छन् ।

बोल्सेनारोको वातावरणविरोधी नीति आलोचनायोग्य छ, यसको प्रतिरोध हुनुपर्छ । र, पनि अमेजनमा देखिएको दुर्दशाको मुख्य कारण भने उनी मात्र होइनन् । यस बिन्दुमा कथालाई तथ्यबाट अलग गर्नु महत्वपूर्ण हुन्छ । जब डढेलोको समाचार फैलियो, तब सामाजिक सञ्जालमा त्यस्ता तस्बिरको बाढी आयो, जो यस वर्षको डढेलोका थिएनन् । ग्लोबल वार्मिङ समस्याको कारक हो ।बोल्सेनारोको कार्यकालको पहिलो आठ महिनामा अवश्य पनि यस्ता कार्य बढेका छन् । तर, अमेजनमा दशकौँदेखिका ब्राजिली सरकारले यस्तै गरेका छन्, चाहे दक्षिणपन्थी होऊन् वा वामपन्थी ।बोल्सेनारोको वातावरणविरोधी नीति आलोचनायोग्य छ, यसको प्रतिरोध हुनुपर्छ । र, पनि अमेजनमा देखिएको दुर्दशाको मुख्य कारण भने उनी मात्र होइनन् ।

बोल्सेनारोले पूर्ववर्ती सरकारका वातावरणविरोधी नीतिलाई अगाडि मात्रै बढाएका छैनन्, उनले वातावरण संरक्षणमा लाग्नेहरूको सुविधासमेत रोकेका छन् । उनको अभिव्यक्तिबाट किसान, अवैध भूउत्खननकारीलगायतको हौसला बढेको छ र आदिवासी जनताविरुद्ध हिंसा बढ्दो छ ।अन्तर्राष्ट्रिय समुदायले उनको सरकारविरुद्ध कदम चाल्न खोजिरहेको छ । जर्मनी र नर्वे अमेजन कोषबाट बाहिरिएका छन्, फिनल्यान्डले युरोपेली युनियनमाथि ब्राजिलबाट आयात हुने सामग्रीमा रोक लगाउन माग गरेको छ ।

फ्रान्सले दक्षिण अमेरिकी व्यापार ब्लकसँग व्यापार सम्झौता अन्त्य गर्ने चेतावनी दिएको छ । बोल्सेनारोले तत्काल डढेलो नियन्त्रणका लागि कदम चालून् भन्ने उद्देश्यले यस्तो पीडादायी कदम चाल्न लागिएको हो । तर, प्रतिबन्धले अवस्था परिवर्तन हुनेवाला छैन ।अमेजनको जंगललाई दीर्घकालीन रूपमा संरक्षण गर्न ब्राजिलले तत्कालै विकासको मोडलबारे पुनर्विचार गर्न जरुरी छ । यस ग्रहको फोक्सो ध्वस्त नगरी समृद्धि ल्याउने बाटोको खोजी उसले गर्नुपर्छ ।

(ग्रासिया पत्रकार हुन्)अलजजिरा डट कमबाट
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस