भाद्र , १९ : टाइगर उड गल्फ क्षेत्रमा एक प्रसिद्ध नाम हो । धेरै महिलासँग सम्बन्ध गाँसेकै कारण उडको एकाएक पतन भयो । उड बिस्तारै पुरानै अवस्थामा आउन संघर्ष गरिरहेका छन् । आफू पुनः पुरानै अवस्थामा पुग्ने उनको विश्वास छ । यद्यपि, महिलामोहकै कारण गल्फ करिअर बिगारेका उड अहिले पनि एक महिलासँगै हिँडिरहेका छन् । यी दुईबीच तीन वर्षदेखि चक्कर चलिरहेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले दाबी गरेका छन् ।
अक्सर उड पिजिए टु गल्फ कार्यक्रममा ती महिलालाई सँगै लिएर जाने गर्छन् । यसपटक उड वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनमा राफेल नाडालको खेल हेर्न प्रेमिका एरिका हर्नाम्यानसँगै देखिए । पूर्वच्याम्पियन मारिन सिलिकलाई ३–१ को सेटमा नाडालले पराजित गर्दा उड पनि जोसिए । भिआइपी प्याराफिटमा बसेर खेल हेरिरहेका उडले नाडालले म्याच प्वाइन्ट रक्षा गर्दा उफ्रिएर खुसीयाली मनाए । ३५ वर्षीय प्रेमिका एरिकाले पनि प्रेमिका उडलाई भरपुर साथ दिइरहिन् ।
उडले आफ्नी पहिलो श्रीमतीका दुई सन्तानलाई पनि खेल देखाएका थिए । ४३ वर्षीय उडले नाडालको खेल आफूलाई एकदम मन पर्ने बताएका छन् । यसपटक समय मिलाएरै नाडालको खेल हेर्न अथुर रंगशाला पुगेको उनले बताए ।
नयापत्रिका ;
प्रतिक्रिया दिनुहोस