भाद्र , २५ : पृथ्वीराजमार्ग अन्र्तगत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल । उहाँ यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो ।
राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्छन् । उहाँका ग्राहक भनेका राजमार्गमा गुड्ने तिनै सवारी साधनका यात्रु हुन् । माछा झुण्ड्यार उभिएको देखेपछि सवारी साधन रोकेर ग्राहकले माछा किन्ने गर्छन् ।
उहाँको कमाइ दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म हुन्छ । यही कमाइले उहाँको घरको गर्जो टर्दै आएको छ । उहाँको परिवारमा बुबा–आमा, श्रीमती र दुई छोरी गरी छ जना छन् । छ जनाको पालनपोषण यही राजमार्गमा दिनभर उभिएर माछा बेची गर्दै आएको उहाँले बताउनुभयो ।
नारायणी अनलाइन ;
प्रतिक्रिया दिनुहोस