आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शक्तिको आडमा सरकारी जग्गामा करोडौँको कारोबार

AuthorAP Khabar २०७६ आश्विन ४, शनिबार ( ५ साल अघि) ४५२ पाठक संख्या

असोज , ४ : किर्ते गरी कब्जा गरिएको कपिलवस्तुको बाणगङ्गा नदीको सार्वजनिक जग्गा फिर्ता भएपनि त्यहाँ भएका उद्योगहरु भने हटाइएको छैन । राजनीतिक आड र दबाबका कारण सार्वजनिक जग्गामा रहेका २ ठूला क्रसर उद्योगहरु ५ वर्ष पुगिसक्दा समेत निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।

बाणगंगा नगरपालिका ८ स्थित बाणगंगा नदी किनारमा रहेको न्यू बाणगंगा क्रसर उद्योग र लुम्बिनी कंक्रिट उद्योगको जग्गा नेपाल सरकारको नाममा कायम भएपनि उद्योग भने निर्वाध रुपमा संचालनमा हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमिसुधार आयोगको निर्देशनमा मालपोत कार्यालय कपिलवस्तुले दुबै क्रशर उद्योगको नाममा रहेको २० विगहा ८ कट्ठा जग्गा खारेज गरी नेपाल सरकारको नाममा कायम गरेको थियो ।

२०७१ साल माघ १५ गते बाणगङ्गा क्रसर उद्योग संचालित रहेको मोतिपुर ४ ख को कित्ता नम्बर ७५२,७४७ र ७५१ को सबै जग्गाको लालपूर्जा खारेज गरेको थियो ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस