असोज , ५ : नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट ईसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ ।ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ्ग तथा कुनैपनि शाखा मार्फत सहजै ईसेवामा रकम लोड गर्न सक्नेछन् भने ईसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् ।
ईसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज तथा बसको टिकट, विद्यालय÷क्याम्पस को शुल्क भुक्तानी, होटेल र रेष्टुरेन्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ ।पछिल्लो समयमा ईसेवाले क्यूआर कोड मार्फत गरिने भुक्तानीलाई प्रवर्धन गरिरहेको छ । हाल ईसेवामा ५५ हजार क्यूआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्यूआर कोडमा ईसेवाले आकर्षक क्यासब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ईसेवामा पैसा लोड गरी सजिलै क्यूआर कोडको सुविधा पनि लिन सक्नेछन् ।
ईसेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।हाल ईसेवाका ग्राहक २५ लाख भन्दा बढी पुगीसकेका छन् र यो संख्या निरन्तर बढ्ने क्रममा छ । देशभर रहेका ईसेवाका साठी हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाख भन्दा बढिले ईसेवाका सेवाहरु लिइरहेका छन् ।
रातोपाटी ;
प्रतिक्रिया दिनुहोस