आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बैंकले कर्जा नदिएको किसानको गुनासो

AuthorAP Khabar २०७६ आश्विन ७, मंगलबार ( ५ साल अघि) ३४९ पाठक संख्या

असोज , ७ : बैंक तथा वित्तीय सस्थाले कर्जा नदिने गरेको सल्यानका किसानले गुनासो गरेका छन् । सोमबार खलंगामा आयोजित वित्तीय संस्थाको सुशासन विषयक अन्तरक्रियामा सहभागीले वास्तविक किसानले कर्जा नपाएको बताएका छन् । छत्रेश्वरी गाउँपालिका किसान लोकराज भण्डारीले बैंक तथा वित्तीय संस्थाले जग्गा मूल्यांकनका आधारमा कर्जा दिने भए पनि वास्तविक किसानलाई नदिएको बताए ।‘बैंक तथा वित्तीय संस्थाहरूले सडकले छोएको घर तथा जग्गाका आधारमा मात्रै कर्जा दिन्छ ।

गाउँका किसानले कहाँबाट सडक भएको घरजग्गा देखाउनु ?’ उनले प्रश्न गरे ।राष्ट्रिय बाख्रापालक कृषक समूह कर्णाली प्रदेशका अध्यक्ष कृष्णप्रसाद उपाध्यायले राज्यले व्यवस्था गरेको व्यवस्थासमेत बैंक तथा वित्तीय संस्थाले लागू नगरेको बताए । राज्यले नीति बनाउने तर सेवा टाठाबाठाले मात्रै पाउने भएकाले प्रक्रिया पु-याएर आउने दूरदराजका कृषकलाई पनि कर्जा दिने व्यवस्था गर्न आग्रह गरे ।

बैंकले किसानलाई मूल्यांकनका आधारमा ऋण उपलब्ध गराउने र विपन्न वर्गहरूको पहुँचमा वित्तीय संस्था नपुगको नेपाल बैंक लिमिटेड सल्यानका प्रमुख कृष्णहरि उपाध्यायले बताए । नेपाल बैंकले किसानलाई सहुलियतमा कर्जा दिइरहेको उनको भनाइ थियो । शारदा नगरपालिका उपमेयर सावित्रा बस्नेतले वित्तीय संस्थाबारे सर्वसाधारणलाई जानकारी दिइने बताइन् । स्थानीय तहमार्फत साक्षरता कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस