असोज , ७ : दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ ।
कलात प्रान्तको प्रान्तीय राजधानी कलात शहरको ओमकाई इलाकामा तालिबान लडाकूको अखाडालाई लक्षित गरी सो हवाई कारबाही भएको बताइएको छ ।
गुप्तचर निकायको सहयोगमा नेटोआवद्ध संयुक्त सेनाले सो हवाई कारबाही गरेको जनाइएको छ । यस कारबाहीमा सर्वसाधारणको हताहतको भने कुनै समाचार प्राप्त भएको छैन ।
रातोपाटि ;
प्रतिक्रिया दिनुहोस