आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए खबर गर्नुस्

AuthorAP Khabar २०७६ आश्विन ९, बिहिबार ( ५ साल अघि) ३७३ पाठक संख्या

असोज , ९ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ।हरेक वर्ष दशंै र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि यो वर्षदेखि कडाइ गर्न थालेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बढी भाडा लिने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताउँदै भने– ‘बसपार्कमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिसकेका छौं। यदि कसैले बढी भाडा लिएको प्रमाण फेला पारे तत्काल कारबाही गर्छौँ ।’

विशेष गरी बल्खु हुँदै हेटौंडा, वीरगन्ज, सिमरा, निगजढ र कोटेश्वर हँुदै पूर्व जाने साना सवारीसाधनले बढी भाडा लिने गरेको गुनासो आउने गरेको महाशाखाले जनाएको छ।टिकटअनुसार मूल्य लिएको छ कि छैन भनी चेकजाँच गर्ने र उल्लंघन गरेमा कारबाही गरिने महाशाखाले जनाएको छ। तर, अधिकांश काउन्टरमा हालसम्म भाडादर टाँसेको पाइएको छैन। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस