आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेसबुकका पोष्टमा हुने ‘लाइक’ अब नदेखिने, अष्ट्रेलियामा परीक्षण सुरु

AuthorAP Khabar २०७६ आश्विन ११, शनिबार ( ५ साल अघि) ३८१ पाठक संख्या

असोज , ११ : फेसबुकमा कुनै फोटो वा भिडियो पोस्ट गरेपछि हामीलाई त्यसमा आउने लाइकको आसा हुने गर्छ । सुरुदेखि नै लाइक बटन फेसबुकको पहिचानगत विशेषता रहँदै आएको थियो । अब आएर फेसबुकले यो फिचरलाई बन्द गर्न लागेको छ । यो परिवर्तनपछि तपाईका साथीले तपाईको पोस्टमा आएका लाइक अथवा लब रियाक्सनको संख्या देख्न सक्दैनन् । तर प्रयोगकर्ता स्वमयले भने आफ्नो पोस्टको लाइकको संख्या देख्न सक्नेछन् । फेसबुकले अहिले यो परिवर्तनलाई अष्ट्रेलियाका फेसबुक प्रयोगकर्ताहरुमा परिक्षण गरिरहेको छ ।

फेसबुकको भनाईमा यसले मानिसमा पोस्ट गर्नुअघि दबाब हुने छैन ।कम्पनीले यसबारे प्रष्ट्याउँदै भनेको छ ,‘हामी फेसबुकलाई लाइकको प्रतिस्पर्धा हुने स्थान चाहदैनौं । नयाँ विशेषता प्रयोगकर्ताका लागि कति सुविधाजनक छ भनेर परिक्षण गरिदैंछ । यसको आधारमा संसारभरी यो फिचर लागू गर्ने निर्णय गरिनेछ ।’फेसबुक इन्कको स्वामित्वमा रहेको इन्स्टाग्राममा पहिलेनै यो फिचरको घोषणा गरिएको थियो । इन्स्टाग्रामको पहिलो परिक्षण भने क्यानडामा गरिएको थियो ।

अहिले आइरल्याण्ड, जापान, ब्राजिल, अष्ट्रेलिया र न्युजील्याण्डमा यसको परिक्षण विस्तार गरिएको छ । नयाँ परिवर्तनपछि इन्स्टाग्रामका प्रयोगकर्ता आफ्नो पोष्टमा आएको लाइकको संख्या अरुले देख्न नसक्ने बनाउन सक्छन् ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस