असोज , ११ : पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार न्युयोर्कमा भएको सार्क विदेश मन्त्रीहरुको बैठक बहिष्कार गरे । बैठकमा भारतका विदेश मन्त्री एस. जयशंकर रहुन्जेल कुरेशी सहभागी हुन आएनन् । सार्कका विदेश मन्त्रीहरुको बैठक न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको महासभाको साइडमा भएको थियो । सार्कको अध्यक्ष राष्ट्रको हिसाबमा वैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । भारतका विदेश मन्त्री जयशंकर वैठकको बीचमा निस्किएका थिए ।
उनले अन्य कार्यक्रममा सहभागी हुनु पर्ने भएकाले चाँडै वैठक छाडेका थिए ।जयशंकर निस्एिकपछि कुरेशी वैठकमा आएका थिए । बैठकमा आएपछि कुरेशीले आफू जयशंकर निस्किएपछि आउनुको कारण बताउदैं भने ,‘म कश्मीरको कसाईसँग बस्छु भन्ने तपाईँहरुलाई विश्वास लाग्छ ?’वैठकबाट निस्कनुअघि जयशंकरले आफ्नो भनाइ राखेका थिए । त्यस क्रममा उनले पाकिस्तानबारे पनि टिप्पणी गरे ।
उनले पाकिस्तानलाई चुनौतीपूर्ण देश भने ।सम्बोधनका क्रममा जयशंकरले पाकिस्तानतर्फ इसारा गर्दै भनेका थिए,‘ भारत यस्तो छिमेकीसँग सम्वाद गर्न सक्दैन जसले आतंकवादलाई हतियार बताएको छ ।’भारतीय विदेश मन्त्रीले पाकिस्तान र भारतबीचको क्रिकेट खेल पुनः सुरु हुने सम्भावना नरहेको पनि बताए ।
रातोपाटि ;
प्रतिक्रिया दिनुहोस