कार्तिक २२ एजेन्सी। अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जरिवाना सुनाएको छ । न्यूयोर्कका एक न्यायाधिशले ट्रम्पलाई आफ्नो च्यारिटी संस्थाको रकम अवैध रुपमा प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश सुनाएका हुन् ।
सन् २०१६ को चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च गरिएको उक्त रकम गैरकानुनी भएको भन्दै ट्रम्प आफैंले भुक्तानी गर्नुपर्ने अदालतले फैसला गरेको छ । ट्रम्पले आफ्ना छोराहरुको नाममा सञ्चालन गरेको सामाजिक संस्थाबाट आफ्नो चुनावी अभियानका लागि रकम दुरुपयोग गरेको अदालतको फैसलामा उल्लेख छ ।
परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने न्यायाधीशहरुले तर्क गरेका छन् । उनीहरुले ट्रम्पले राजनीतिक अभियानलाई आर्थिक सहयोग गर्न कोषको दुरुपयोग गरेको बताएका हुन् ।
तर ट्रम्पले भने अदालतको उक्त आदेश राजनीतिक रुपले प्रेरित भएर आफूविरुद्ध निर्णय भएको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस