सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरूले बुधवार जानकारी दिएका छन् । दुर्घटना भएको बेला घटनास्थलमा ३५ जना कार्यरत रहेका थिए । अरू ११ जनालाई भने कुनै चोटपटक पनि नलागी बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरूको भनाई छ ।
घाइतेहरूको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराइसकिएको अधिकारीहरूले जानकारी दिएका छन् । चीनमा खानीमा हुने यस्ता दुर्घटनाका घटना बेला बेलामा भई नै रहने गरेको छ । खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस