आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीलङ्काकाका राष्ट्रपतिले गरे आफ्नै दाइलाई प्रधानमन्त्रीमा नियुक्त

AuthorAP Khabar २०७६ मंसिर ५, बिहिबार ( ५ साल अघि) ३४८ पाठक संख्या

मंसिर ०५ कोलम्बो,
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका राजापक्षे यसअघि झण्डै दश बर्ष राष्ट्रपति भएका थिए ।

सन् २००५ देखि २०१५ सम्म उनले राष्ट्रपतिको रुपमा श्रीलङ्कामा शासन गरेका थिए । यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामाको घोषणा गरेका थिए ।

नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उनले राजिनामा दिएका हुन् । राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको समाचारमा जनाइएको छ ।

विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाई महिन्दालाई प्रधानमन्त्री बनाएका हुन् । महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल सानो आकारको हुने जनाइएको छ ।

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ ।

श्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् ।

तत्कालिन सत्तारुढ दल युनाइडेट नेसनल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्नुनेका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन् ।

पराजित भएका प्रेमादास भने ५३ बर्षका छन् । निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए ।

अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिने गरेका थिए ।

झण्डै दश बर्ष अगाडी रक्षा सचिव रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएका हुन् । श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षे दाई महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव बनेका थिए ।

नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो ।

निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदाता मध्ये झण्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताए ।

मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस