मंसिर ०९ एजेन्सी ।
इजिप्टको गारविया शहरको एक मसाज सेन्टरमा ग्राहकको सन्तुष्टिको लागि आगोबाट मसाज सेवा दिइने गरिएको छ ।
३५ वर्षका अब्देल साइदले यो पुरातन फाइरोनिक प्रविधि अपनाएका हुन् । उनी यो विशेष मसाजमा तेल र बाबुनाको प्रयोग गर्छन् । जसले शरीरको रगत संचालन गर्दै मसाज गरिएको ठाउँको दुखाइ कम गर्छ ।
साइदले धेरै तौलियाको प्रयोग गर्ने गरेका छन् । उनी भन्छन्,“म तौलियामा रक्सी मिसाउँछु र आगोमा बाल्छु । आगोको झिल्को उठेपछि चिसो पार्न पानीमा डुबाउँछु । यो एक खतरनाक मसाज हो, जसले शरीरको तापक्रम बढाउँछ ।”
उनको बिचारमा यस्ता मसाजले मानव शरीरसँग नजिकको सम्बन्ध राख्छन् । उनको ग्राहक उच्च रक्तचाप, किड्नीका बिरामी, शरीरमा रगत जम्ने समस्या भएका हेमोफिलियाका बिरामी पर्दैनन् । उनले यो तौलियाको प्रविधि मोरक्कोमा सिकेका हुन् भने मसाजको सर्टिफिकेट चैं इजिप्टका मसाज गर्ने संस्थाहरुबाट लिएका हुन् ।
साइदका ग्राहक मोहोमद अल साइर ३० को दशक देखि आगोको मसाज गर्दैछन् । उनको अनुभव छ,“मेरो शरीरको दुखाई शतप्रतिशत ठीक भएको छ । मेरो ढाड पछाडि कार चलाउँदा निकै नै भारी हुन्थ्यो । अचेल म स्वस्थ छु । आलश्य हराउँदै गएको छ । यस्तै रहेमा मेरो दैनिक काम छरितो बन्ने छ ।” एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस