आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सोमालियाको राजधानी मोगादिसुमा भएको बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ७६ पुग्यो

AuthorAP Khabar २०७६ पौष १३, आईतबार ( ४ साल अघि) ३६१ पाठक संख्या

पौष १३ साेमालिया

अफ्रिकी देश सोमालियाको राजधानी मोगादिसुमा भएको बम विस्फोटमा ज्यान गुमाउनेको संख्या कम्तिमा ७६ पुगेको छ ।

राजधानी मोगादिसुको व्यस्त चेक प्वाइन्टमा शनिबार व्यस्त समयमा विस्फोट भएको हो । कार बम विस्फोट हुँदा ९० जना भन्दा बढी घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् ।

तर अल–कायदा सम्द्धव अल–शबाब विद्रोही समूहले सोमालियामा यस्ता आक्रमण गर्ने गरेको थियो ।

राष्ट्रपति मोहम्मद अब्दुल्लाही फार्माजोले आक्रमण सोमाली जनतालाई अपमानित गर्ने खराब नियतका साथ भएको तर विद्रोहीहरुले देश पुनर्निमाणको अभियानलाई रोक्न नसक्ने बताएका छन् ।

सोमालियामा १० वर्षभन्दा बढी समयदेखि अल–शाबाबले विद्रोही गतिविधि गर्दै आएको छ ।

सन् २०११ मा उसलाई राजधानीबाट लखेटिएको थियो, तर अझै पनि सोमालियाका केही क्षेत्रमा अल–शबाबको कब्जा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस