आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना टेष्टपछि मात्र दुबेको शवको पोस्टमार्टम हुने

AuthorAP Khabar २०७७ अषाढ २६, शुक्रबार ( ४ साल अघि) ५८३ पाठक संख्या

असार २६ काठमाडौंः ८ जना भारतीय प्रहरीको हत्या गरेर मास्टर माइन्ट मोस्टवान्टेड विकास दुबेको आज कानपुर लैजाँदै गर्दा भारतीय प्रहरीको इन्काउन्टरमा परेर मृत्यु भएको छ ।

कानपुर लैजाने क्रममा बाटोमा गाडी पल्टिएपछि भारतीय पुलिसको हतियार खोसेर भाग्न लागेका दुबेलाई आत्मसमर्पण गर्न भने पनि फायरिङ गर्न शुरु गरेपछि जवाफी कारवाहीमा दुबेको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कानपुरको विकरु गाउँमा आठ प्रहरीको हत्याका मुख्य आरोपी दुबेकोबारेमा खबर दिनेलाई ५ लाख भरतीय रुपैयाँ इनाम दिने घोषणासमेत गरिएको थियो ।

उनलाई सुरक्षाकर्मीले अस्पताल लगेपनि अस्पतालले उनको मृत्यु भएको बताएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार दुबेलाई लिएर जाँदा त्यहाँको सडकमा पुलिसले जाम गराएर कसैलाई जान नदिएको र जाम गराएको भन्दा केहि मिटर टाढाको दूरीमा गाढी पल्टिएको र त्यहिँ इन्काउन्टरमा उनको मृत्यु भएको बताएका छन् ।

अस्पतालले मृत घोषित गरेपछि दुबेको शवको सबैभन्दा पहिला कोरोना टेस्ट हुने भएको छ । कोरोना टेस्टपछि मात्र उनको शवलाई पोस्टमार्टम गरिने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

उनको इन्काउन्टरमाथि उत्तर प्रदेशका पूर्व सीएम र सपा अध्यक्ष अखिलेश यादवले पुलिस र यूपी सरकारको कार्यप्रणालीमाथि प्रश्न उठाएका छन् ।

उनले एक ट्वीट गर्दै यो कार पल्टेको नभएर रहस्य खुल्ने भएपछि पल्टाएको बताएका छन् । विकास दुबेकी श्रीमती रिचालाई पुलिसले कानपुर लगेको छ । उनलाई सोधपुछका लागि त्यहाँ लगिएको र सोधपुछमा नयाँ रहस्य पत्ता लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस