बारा । बारा, पर्सा, रौतहट सहित देशैभरीका फल्म हल असोज १ गतेदेखी खुल्ने भएको छ ।
गतसाता नै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले पनि ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन अनुमति दिइसकेका छन् । तर, मोफसलमा भने ५० प्रतिशत अकुपेन्सी भनिएको छैन ।
कोभिड–१९ प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । कोरोना महामारीको तेश्रो लहर निस्तेज हुदै गएको अवस्थामा सानादेखी ठूला ब्यवसाय, बजार तथा शार्वजनिक क्षेत्रहरुमा चहलपहल सुरु भैसक्दा फिल्म हल भने सञ्चालनमा आएको छैन ।
असोज १ गतेदेखि नै मुलुकभरका सबैजसो विद्यालय पनि खुल्दै छन् । आज बसेको स्वास्थ्य मन्त्रालयको बैठकले संक्रमणको आधारमा मात्र विद्यालय र फिल्म हल खुलाउन डीसीसीएमसीलाई भनेको छ ।
असोज १ गतेदेखि फिल्म हल खुल्ने भएपछि फिल्मको लाइनअप तयार पार्न चलचित्र संघ र चलचित्र निर्माता संघको बैठक आज बस्दैछ । बैठकले दशैं र तिहारको लाइनअप तयार पार्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस