आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरसिमरा जनस्वास्थ्य शाखाद्धारा संस्थागत विद्यालयका लागि स्वास्थ्य सम्बन्धि अभिमूखिकरण तथा समिक्षा गोष्ठिको आयोजना

एपी खबर २०८१ बैशाख २९, शनिबार ( ३ महिना अघि) १८२ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्धन शाखा जीतपुरले संस्थागत विद्यालयका शिक्षकहरुका लागि विद्यालय स्वास्थ्य कार्यक्रम सम्बन्धि अभिमूखिकरण तथा समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ ।

 

यस उपमहानगरपालिकामा जेठ १ गतेदखि संचालन हुने विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहलाई संचालनका लागि मार्गदर्शन गर्ने उद्धेश्य स्वरुप जनस्वास्थ्य प्रवद्धन शाखाले अभिमूखिकरण तथा समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न गरेको हो ।

 

कार्यक्रममा शाखाका प्रमुख रबि भाषकरले बालबालिकालाई स्वस्थ्य बनाउन विद्यालयले खेल्ने भुमिकाको बारेमा जानकारी दिनुभएको थियो । साथै यस उपमहानगरपालिका भित्र रहेका बालबालिको कुपोषणको तथ्याकंको बारेमा जानकारी गराउदै विद्यालय स्तरबाट नै पोषण युक्त खाने कुराको शुरुवात गराउन सबै शिक्षक तथा विद्यालयका संस्थापकहरुलाई आग्रह गर्नुभएको थियो ।

 

यस पालिकाले मनाउन लागेको स्वास्थ्य तथा पोषण सप्ताहलाई प्रभावकारी बनाउन सबैलाई प्रेरित गर्ने आग्रह गर्ने क्रममा स्वास्थ्य शाखा प्रमुख भाषकरले विद्यालयमा स्वास्थ्य सम्बन्धि हुने प्रत्येक गतिविधिमा आफु र आफ्नो स्वास्थ्य शाखाको टिम सक्रिय सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

यसैगरी निजि विद्यालयको तर्फबाट एन प्याप्सन जितपुरसिमरा नगर समितिका अध्यक्ष अनिल तिवारीले नगरपालिकाको यस सहकार्यका लागि धन्यवाद दिनुभएको थियो । उहाँले निजि विद्यालयमा अध्ययनरत विद्यार्थीपनि यसै पालिकाको बालबालिका भएकाले पालिकाले उपलब्ध गराउन औषधी लगात स्वास्थ्यसंग जोडिएका समाग्री सबै विद्यालयमा उपलब्ध गराउन नगरपालिकासंग आग्रह गर्नुभयो ।

 

एन प्याप्सन नगर अध्यक्ष तिवारीले निजी विद्यालयको आयोजनामा सम्पन्न हुने अतिरिक्त कृयाकलापहरु धेरै जसो स्वास्थ्यसंग सम्बन्धित रहेको तर त्यस कार्यक्रममा नगरको समान्य हुने नगरेको प्रति चिन्ता ब्यक्त गर्दै आगामी दिनमा सवास्थ्य शाखाले सकारात्मक पहल गर्नेमा आशावादि रहेको बताउनुभयो । यस कार्यक्रममा निजी विद्यालयका करिब २४ ओटा विद्यालयको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस